डोब्गालाई मिस तमुस्यो २०६९ को उपाधिः

दिननाथ बराल
पोखरा ८, चैत/मिस तमुस्यो नेपाल २०६९ को उपाधि डोव्गा तमुस्योले जितेकी छन । नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीको आयोजनामा विहिबार पोखरासभा गृहमा सम्पन्न भएको उक्त प्रतियोगितामा १५ प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि सहित प्याजीयो स्कुटर पुरस्कार पाईन । प्रतियोगितामा अस्मीता तमुस्यु फष्ट रनर अफ भईन । उनले नगद ३० हजार पुरस्कार पाउदा पारु तमुस्यो सेकेण्ड रनर अफ घोषित भईन । उनले २० हजारको साथमा गिफ्ट ह्याम्पर पुरस्कार पाईन ।विजेता प्रतियोगिलाई गत बर्षको मिस तमुस्यु नमिता तमुस्यो, पुर्व मिस नेपाल झर्ना बज्र्राचार्य, निलिमा गुरुङ, रवि अटो मोवाईलका संचालक टिकाकुमारी गुरुङले पुरस्कार वितरण गरेका हुन . मिस तमुस्योको शान मौलिक सँस्कृतिको पहिचान नाराका साथ आयोजना भएको प्रतियोगितामा देश भरका १६ प्रतियोगिहरुले सहभागि जनाएका हुन । मिस तमुस्योका उपाधिका लागि काठमाडौंकी नेहा तमुस्यो, स्याङ्जाकी युद्ध तमुस्यो, धरानकी बसुन्धरा तमुस्यो, लमजुंगकी सुमित्रा तमुस्यो, तनहुँकी अनिता तमुस्यो, रसुवाकी पारु तमुस्यो, रुपन्देही बुटवलकी अस्मिता तमुस्यो, नवलपरासीकी विमला तमुस्यो, स्याङजाकी इन्सरी तमुस्यो, बुटवलकी संगीता तमुस्यो, र पोखराकी अस्मिता तमुस्यो, दिपिका तमुस्यो, ज्योति तमुस्यो, त्रिजा तमुस्यो, दुजामाया तमुस्यो र डोब्गा तमुस्यो प्रतिष्पर्धामा उत्रिएका थिए ।

करिब एक महिना अघिदेखि प्रतियोगिहरुलाई तमु भाषा, सँस्कृति, पर्यटन, पत्रकारिता, व्यवसाय, राजनीति, ट्राफिक सचेतना, एचआईभि, महिला हिंसा, आर्ट अफ लिभिङ लगायतका विधामा बन्द प्रशिक्षणमा दिइएको इभेण्ट म्यानेजमेण्ट जक्सन ग्रुपका भुपाल कुमार तमुले बताए । प्रतियोगिता मार्फत तमुस्योहरुको क्षमता अभिवृद्धि र सचेतना जगाउने उद्धेश्यले आयोजित तेश्रो चरणको प्रतियोगिताका लागि करिब ११ लाख खर्च हुने र करिब १३ लाख आम्दानी गर्ने अनुमान रहेको तमु विद्यार्थी छोंज धिंका केन्द्रीय महासचिव लालबहादुर तमुले बताए ।

कमेन्टहरु
Loading...