त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला शुरु

सागर राज तिमिल्सिना
पोखरा, भदौ २८ त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला शुरु भएको छ । भेलामा संघका केन्द्रीय सहित त्रिवि अन्तर्गत पश्चिमाञ्चलका आंगिक क्याम्पसका पदाधिकारी सहभागि थिए ।
भेलाले पछिल्लो शैक्षिक समस्याबारे छलफल गरेको प्रचारप्रसार संयोजक निरुपा थापाले जानकारी दिईन । भेलामा १ सय ७० जना सहभागि थिए । थापाका अनुसार भेलाले त्रिवि र यसको शैक्षिक, प्रशासनिक र प्राज्ञिक अवस्था सहित प्राध्यापकहरुको सेवा, सुविधा र कर्तव्यको बारेमा पनि छलफल गरेको थियो ।
प्राध्यापकद्वय यादव शर्मा गौडेल र विश्वकल्याण पराजुलीले पछिल्लो शैक्षिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । भेलाले पारित प्रस्तावलाई कार्यन्वयन गर्न सम्बन्धित निकायलाई ध्यानाकार्षण गराउने समेत उनले जानकारि दिईन । त्रिविका पश्चिमाञ्चलमा विभिन्न ११ वटा आंगिक क्याम्पस छन् । ती मध्ये पोखरामा मात्र चारवटा रहेका छन् ।
 

कमेन्टहरु
Loading...