थोरै विद्यार्थी हुने विषयमा त्रिविले पढाउन नदिने !

काठमाडौ, १२ कात्तिक त्रिभुवन विश्वविद्यालय मानविकी र समाजिकशास्त्र संकायमा विद्यार्थी कम हुने विषयमा सबै क्याम्पसमा सञ्चालन गर्न नदिने भएको छ ।

थोरै थोरै विद्यार्थी धेरै क्याम्पसमा भर्ना हुँदा जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनमा समस्या भएपछि त्रिविले १० जनाभन्दा कम हुने विषयमा सबै क्याम्पसमा सञ्चालन नगर्न सर्कुलर गरेको आजको नयाँ पत्रिकामा समाचार छ ।

त्रिवि मानविकी तथा सामाजिक संकायका डिन प्रा।डा। चिन्तामणि पोखरेलले स्नातक र स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएमा धेरै क्याम्पसको एकै ठाउँमा पढाउन सर्कुलर भएको बताए ।

स्नातकोत्तर तहमा उपत्यकाका कतिपय क्याम्पसमा नेपाली अंग्रेजी लगायतका विषयमा नै अति कम विद्यार्थी रहेका छन् ।

कमेन्टहरु
Loading...