गाउँस्तरमा प्रशिक्षण गर्नुपर्नेमा सहभागिहरुको जोड

भाद्र १५, पोखरा । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन, पोखराले शनिबार पोखरामा आयोजना गरेको संघीयता सम्बन्धि गोष्ठीका सहभागिहरुले संघीयताबारे गाउँस्तरसम्म प्रशिक्षण आवश्यक रहेकामा जोड दिएका छन् । संघीयता, संविधानका अन्तरवस्तु, निर्वाचन प्रक्रिया र सामयिक राजनीति सम्बन्धि एक दिने प्रशिक्षणात्मक गोष्ठीमा एकीकृत माओवादीका राज्य समिति सदस्य मनहरि तिमिल्सिनाले नेपालमा संघीयताको आवश्यकता विकेन्द्रिकरणका लागि मात्र नभएको बताउनुभयो ।
कार्यक्रममा एकीकृत माओवादीका राज्य समिति सदस्य टिकाराम पौडेलले आगामी निर्वाचनमा माओवादीले दुईतिहाई बहुमतका लागि प्रयास गर्ने बताउनुभयो । गोष्ठीमा गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य गोविन्द पौडेलले संविधान सभाको दोस्रो निर्वाचन र कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।

कमेन्टहरु
Loading...