काठमाडौंबाट वीरगञ्ज र रसुवागढी रेलमार्गको निर्माण थाल्ने घोषणा

काठमाडौं, २ जेठ / सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं देखी वीरगञ्ज र रसुवागढी रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/ ७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालका दुबै छिमेकी देश सगँ रेलमार्गका लागि निर्माण थाल्ने बताएकी हुन् ।

उनले प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताइन् । नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा ईनरुवा खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ ।

पूर्व पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार उल्लेख छ ।

कमेन्टहरु
Loading...