साहित्यकार तीर्थ श्रेष्ठलाई हृदयघात, उपचारको लागी काठमाडौ लगियो

सागर राज तिमिल्सिना
पोखरा, ३ भदौ/साहित्यकार तीर्थ श्रेष्ठलाई हृदयघाट भएको छ । आज विहान विन्दबासिनी मन्दिरको बैठकका लागी गएका श्रेष्ठलाई हृदयघाट भएको थियो । हृदयघाट हुनासाथ श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याईएपनि यहाँ उपचार संभव नभएपछि काठमाण्डौ रिफर गरिएको चिकित्सकले माधव तिवारीले बताएका छन् । श्रेष्ठको काठमाडौको बयोदा अस्पतालमा उपचार भैरहेको छ । ti
तिवारीले दिएको जानकारी अनुसार साहित्यकार श्रेष्ठको अवस्था गम्भिर छ । उनलाई हेलिकप्टरमार्फत काठमाण्डौको वयोधा अस्पताल पु¥याईएको छ । विहानसम्म उनी स्वस्थ रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ । यद्यपी विन्दबासिनी मन्दिरबाट घर फर्किएर खाना खाईवरी पुनः बैठकका लागि विन्दबासिनी मन्दिर पुगेका श्रेष्ठ सिँढी मन्दिरको कार्यालयमा पुगेका थिए ।
चक्कर आएर ढलेपछि श्रेष्ठलाई सिधै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याईएको थियो । श्रेष्ठ विन्दबासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव हुन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दुई पल्टसम्म ईसिजी गरेपछि मुटुको एउटा भल्भले काम गर्न छोडेको चिकित्सकले जानकारी दिए ।
त्यसपछि मुटुको अन्य भल्भले पनि काम नगर्ने संभावनालाई मध्येनजर गर्दै उपचारार्थ खटिएका चिकित्सकहरुले उनलाई काठमाण्डौको वयोधा अस्पताल वल्खुमा रिफर गरेका थिए । श्रेष्ठको पाचँ वर्ष पहिले बे्रन हेम्बेज भएको थियो । उनि नेपाल संगित तथा नाट्य एकेडेमीका पुर्व सदस्य सचिब समेत भैसकेका छन् ।

कमेन्टहरु
Loading...