पोखराको ब्यस्त बजारमा भेटिएको चितुवा बुटवल लगियो

पोखरा, २३ पुस/पोखराको बिरौटामा सोमवार बिहान फेलापरेको चितुवालाई बुटवल लगिएको छ । जिल्ला वन कार्यालय कास्कीका कर्मचारीले चितुवा सकुशल उद्धार गरि खोरमा राखेका थिए । अन्दाजी ३ बर्षको भाले चितुवा बस्तीमा देखिएपछि स्थानीयले खवर गरेपछि जिल्ला वन कार्यालय कास्कीका कर्मचारी, नेपाल प्रहरीले केजमा पारि सकुशल उद्धार गरेका थिए ।tiger pokharaउक्त चितुवालाई बुटवल स्थित शंकरनगर सामुदायिक बनमा लगिएको जिल्ला वन कार्यालय कास्कीका कर्मचारीले जानकारी दिएका छन् । सामुदायिक बनमा रहेको चिडीयाखानामा पोथी चितुवा रहेकोले भाले चितुवा लगिए हो ।

आहाराको खोजीमा बस्तीमा आएको चितुवा राती नै बनमा फर्कन नसकेर बस्तीमै अल्मलीएको थियो । यसरी बस्तीमा कुकुर खान र बिजुलीको बक्तीमा घुलमील हुन थाले पछि चितुवा बजारमा आउने क्रम बढ्ने भएकोले पनि मानविय जोखिम र चितुवाको समेत सुरक्षालाई ध्यानमा राखेर बुटवल पठाएकोे जिल्ला वन कार्यालय कास्कीका जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताए ।

कमेन्टहरु
Loading...