लामाचौरको तिजे महोत्सव शुरु, भलिवलमा प्रहरीको विजयी शुरुवात

भादौ ३१, कास्की/ महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा पोखरा लामााचौरमा रहेको नव आर्दश सामुदायिक बिकास समाजको आयोजनामा आईतबारदेखि हरितालिका तिज मेला सुरु भएको छ ।

महोत्सव अन्र्तगत आईतबारदेखि महिला भलिवल खेलहरु सुरु भएको हो । राष्ट्रिय महिला भविलमा नेपाल पुलिसले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा पुलिसले छोरेपाटन उच्च माविलाई २५–१,२५–७, २५–२ को सोझो सेटमा पराजीत गरेको छ । अर्को खेलमा न्यु डाईमण्ड स्पोटर्स क्लबले फिस्टेल उच्च माविलाई ३–० को सोझो सेटमा हरायो । ज्ञानुबाबा आवासिय उच्च माविले जावलाखेल भलिवल प्रशिक्षण केन्द्रलाई सोझो ३ सेटमा पराजीत गर्यो । अर्को खेलमा न्यु डाईमण्डले छोरेपाटनलाई सोझो ३ सेटमा हराउदै छोरोपाटन उच्च मावि प्रतियोगितबाट लगभग बाहिरिएको छ ।
औपचारीक खेल खेले पनि लगातार दुई खेलमा हारसंगै छोरेपाटनले उक्त प्रतियोगिताको यात्रामा विट मारेको हो । लिगकम नकाउटका आधारमा खेलाईने उक्त प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । आईतबार अन्तर छात्रा भलिवल प्रतियोगितामा फिस्टेल उच्च माविले अल्फा बोर्डिङ स्कुललाई सोझो दुई सेटमा हरायो । यस प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको छ ।
पोखराको साँस्कृतिक, खेलकुद, पर्यटनको विकाससंगै आर्थिक आय आर्जन गर्ने उद्धेश्यले यस पालीदेखि महोत्सवको रुपमा मनाउन लागिएको समाजका अध्यक्ष थापाले बताउनु भयो । महोत्सवमा राष्ट्रिय महिला भलिवल, अन्तरमावि छात्रा भलिवल, क्लबस्तरीय पुरुष भलिवल, सुमहगत तिजगित प्रतियोगिता, बिद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, सितोरीयो कराँते प्रतियोगिता, पत्रकार दौड, लगायतका अन्य बिभिन्न प्रतियोगिताहरु हुने भएको प्रचारप्रसार संयोजक अर्जुन अधिकारीले बताउनु भयो ।
राष्ट्रिय भलिवल प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च लाग्ने भएको छ भने समग्र महोत्सव सम्पन्न गर्न १८ लाख २५ हजार लाग्ने आर्थिक संयोजक नविन भण्डारीले बताउनु भयो । समाजको १६ औं बार्षिकोत्सवको अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी उच्चमाविको प्रङ्गणमा हुने महोत्सवमा २५ वटा स्टल रहेको समाजले जनाएको छ । महोत्सवमा १० वटा होटल र ५ वटा व्यापारीक स्टल रहने समाजका सचिव बुद्धीबहादुर खत्रीले बताउनु भयो ।

कमेन्टहरु
Loading...