वाटुलेचौरमा हुने ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी तिव्र

पोखार, १८ भदौ/ महिलाहरुका महान पर्व हरितालिका तिज पर्वको अवसरमा वाटुलेचौरमा संचालन हुने ऐतिहासिक बाटुलेचौर तीज मेलाको तयारी तिव्र पारिएको आयोजकले बताएका छन् । वातावरण संरक्षण क्लबको आयोजना तथा हिमालयन क्लब वाटुलेचौरको सहआयोजनामा हुने मेला असोज १ देखि २ गते सन्चालन हुने छ । ऐतिहासिक संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गर्दै आएको क्लबले पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

असोज १ गते माध्यामिक बिद्यालय स्तरीय तीजगीत तथा नृत्य प्रतियोगिता, सस्टा सम्ममान तथा बिशेष तीजगीत प्रस्तुत हुने आयोजक क्लबका अध्यक्ष छविलाल तिमिल्सिनाले जानकारी दिए । असोज २ गते खुल्ला तिजगीत प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्धारा तीजगीत प्रस्तुत तथा पुरस्कार वितरण कार्यक्रम तय गरीएको अध्यक्ष बताए । खुल्ला तिजगीत प्रतियोगितामा विजेता टोलीले १० हजार, उपविजेताले ७ हजार र तेश्रो हुनेले ५ हजार पुरस्कार पाउने भएका छन ।

त्यसै गरी मावि स्तरीय तीजगीत तथा नृत्य प्रतियोगितामा विजेताले ७ हजार उपविजेताले ५ हजार र तेश्रो स्थान हासिल गरेको टोलीले ३ हजार पुरस्कार पाउने भएको वातावरण संरक्षण क्लबका सचिव पुष्पराज तिमिल्सिनाले बताए । मेला संचालन गर्न ३ लाख ७५ हजार खर्च लाग्ने भएको आयोजकले जनाएको छ । लोकदोहोरी गायीका पार्वती जिसि, समाजमा सामाजिक क्षेत्रमा योगदान पुराउने लेफ्टिनेन्ट कर्णेंल सोमनाथ शर्मा, र गंगा वानीयालाई सम्मान गरीने भएको छ ।

कमेन्टहरु
Loading...