मिसेज तीजमा सहभागिहरुको प्रतिभा प्रस्तुतः

पोखरा, १८ भदौ /मिसेज तीज ट्यालेण्ट कण्टेष्ट २०६९ मा सहभागि प्रतियोगिहरुले सोमबार पोखरामा आ–आफ्नो बिभिन्न प्रतिभा प्रस्तुतः गरे । महिलाको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको आयोजनामा संचालन हुन लागेको उक्त प्रतियोगितामा १९ जना प्रतियोगिहरु फाईनल चरणमा रहेका छन ।

तीजमा दिदीबहिनीहरुले आफ्नो कथा, ब्यथा र दुखेसोमात्र नपोखी आफूले जानेका र बुझेका कुराहरुलाई प्रस्तुत गर्न प्लेटफर्मको रुपमा विवाहीत महिलाहरुको लागि उक्त प्रतियोगिता आयोजना गर्दै आएको यूनियनका केन्द्रीय अध्यक्ष मीना गुरुङले बताउनुभयो ।

भदौ २२ गते पोखरा सभागृहमा हुने उत्त प्रतियोगितामा प्रतियोगिहरुलाई युनियनले बिभिन्न ठाँउमा अध्ययनको भ्रमणको साथमा क्षेमता अभिबृद्धि सम्बन्धि तालिम समेत प्रदान गर्दै आएको अध्यक्ष गुरुङले बताइन् । राष्ट्रिय सौन्दर्यकर्मी यूनियनले अघिल्ला ३ वर्षसम्म विशेषगरी ब्यूटीसियन महिलालाई मात्र यस प्रतियोगितामा सहभागी गराउँदै आएकोमा यस वर्षदेखि कुनै पनि पेसामा संलग्न महिलालाई समेत अवसर दिएको कार्यक्रम संयोजक देबी गुरुङले बताइन् । विजेताले उपाधिसहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् । प्रतियोगिताको कोरियाग्राफी रवीन्द्र बज्राचार्यले रहनु भएको छ ।

कमेन्टहरु
Loading...