८१ बर्षियाको बदसराको तीजको गित बिमोचन, बुहारी र नातीनि बुहारीले दिए साथ

सागर राज तिमिल्सिना पोखरा, १५ भाद्र/अघिल्लो वर्ष ८० वर्षको उमेरमा तीजको एल्बम बजारमा ल्याएकी पोखरा ७ मासबारकी बदसरा पराजुलीले यस वर्ष पनि तीजको गित बजार ल्याएकी छन् । अघिल्लो वर्ष पुरानो तीज गीत संकलित ‘हम्काईलो’ को भिडियो एल्बम ल्याएकी थिन् । यस वर्ष बदसराले छारो पाउन पछिल्लो समयमा महिलाहरुले छोरा पाउन गर्न तपस्या देखि आमाबाबुलाई बुढेस काल हुने अवहेलनालाई गित र भिडियोमा समेटीएको छ । गिती एल्बम विमोचन तथा भिडियो रिलीज पुर्व सचिब बासुदेव बरालले गरे । गितमा धन सम्पत्ति, पद, प्रतिष्ठाले सम्मन्न छोरा बुहारीले आफ्ना बाबु आमाले गरेको बात्सल्यता र संरक्षकत्वलाई विर्सेर बैगुनी बन्न पुगेको कथालाई गित र दृश्यमा समेटीएको बदसराले बताइन् । गितमा बदसरालाई बुहारी सारदा पराजुली र नातिनि बुहारी मिना पराजुलीले स्वरमा साथ दिएका छन् । IMG_5497दा“त झरीसकेपनि बुढ्यौलीपन नदेखिने पराजुलीमा गीत गाउने युवा जोश र जा“गर छ । ‘पुरानो संस्कृति लोप हुने होकी भन्ने चिन्ता लागेको थियो’, उनले भनिन् ‘पहिला गीतको महत्व थाहा भएन, ढिलै भएपनि गित निस्कदा खुशी छु ।’ निरक्षर उनलाई मौखिकरुपमा संयौ गीत कण्ठस्थ छन । अन्य गीत पनि गाउ“ने उनी लोकगीत नेपाली संस्कृति भएकाले जोगाउनुपर्ने बताउ“छिन । आफ्ना झण्डै एकसय गीत नाम चलेका कलाकारले चोरेको भन्दै उनले चित्त दुखाईन । अघिल्लो साल निकालेको एल्बममा हरितालिका तीजको दिन गाईने हम्काईलो र ऋषिपञ्चमीका दिन गाईने दूई गीत समेटिएको थियो । हम्काईलोमा गीत र अभिनयका माध्ययमबाट तीजमा एउटा चेलीको बियोगान्तलाई देखाईएको थियो । यस वर्षको गितमा एउटा परिवारले छोरा पाउन गरेको संर्घष, हुकाउन, पढाउन र उस्लाई ठुलो मान्छे बनाउनका लागी गरेको कामलाई समेटीएको छ । त्यसै पछि छोराको विहे भए पछि बाबु आमा पर्ति छोराको फेरीएको दृश्टी र बुढेस कालमा बाबु आमाले भोग्नु परेका दुख र बृद्धा आश्रम जानु परेको घटना क्रमलाई गित र दृश्यमा समाबेस गरीएको छ ।
तिर्थ वर्त दानपुन्य धेरै गरिन् आमाले
खुसि भए पुत्र पनि दिए रामले
कति दुःख गरे मैले छोरो भयो लेक्चर
अहिले भन्छे बुहारीले तेरो के छ र
तिम्रो पनि आउछ पालो बस्नु पर्छ बुढो भै
बाउ आमालाई कसैले नि दुःख नदेउ है ।
पुरानो भाका र नयाँ परिबेश अनुसारका शव्द रहेको कारण त्यसै अनुसार दृश्य निमार्ण गरेको एल्बमका निर्देशक एकराज लम्साल (शिव) बताए । उनले तिज सांस्कृतिक सम्पदासमेत भएकाले जगेर्नाको जमर्कोमात्रै गरिएको उनको भनाइ छ । भिडियोको छायाँकन श्रीकान्त सिग्देलले गरेका छन् भने व्ल्याक फेम सम्पादन कक्षमा संपादन गरिएको छ । गितको रचना बदसरा पराजुली र एकराज लम्सालको रहेको छ ।

कमेन्टहरु
Loading...