छिनेडाडाँमा तीज गीत प्रतियोगिता हुने

पोखरा, ९ भदौ/तीजको अवसरमा माछापुच्छ«े महिला समुह र देउराली टोल विकास संस्था पोखरा – १८ ले संयुत्त रुपमा भदौ २३ गते तीज गित प्रतियोगिता तथा विद्यार्थी सम्मान कार्यक्रम गर्ने भएको छ । दुई संस्थाको संयुक्त बैठकले ती कार्यक्रम गर्ने निर्णय गरेको हो। पोखरा – १८ स्थित छिनेडाडाँमा हुने सो कार्यक्रम सम्पन्न गर्नका लागि माछापुच्छ«े महिला समुहकी अध्यक्ष टिका कार्कीको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
बैठकले देउराली टोल विकास संस्थाका अध्यक्ष दिपेन्द्र कार्कीको संयोजकत्वमा अर्थ संकलन, पुष्पा भण्डारीको संयोजकत्व मञ्च व्यवस्थापन, राधा कार्कीको संयोजकत्वमा अतिथि सत्कार, माधव पोख्रेलले संयोजकत्वमा प्रचार प्रसार, पुजा गुरुङको संयोजकत्वमा स्वयंसेवक परिचालन, मञ्जु कार्कीको संयोजकत्वमा खाजा व्यवस्थापन, चन्द्रा परियारको संयोजकत्वमा टिम दर्ता र सम्झना कार्कीको संयोजकत्वमा प्राथमिक उपचार उपसमिति गठन गरेको छ ।
तीज गीत प्रतियोगितामा २० भन्दा बढि समुहको सहभागिता रहने अपेक्षा गरिएको छ। त्यसअवसरमा त्यसक्षेत्रबाट एसएलसी परीक्षा उर्तिर्ण गर्ने विद्यार्थीहरुलाई सम्मान गरिने छ। कार्यक्रम सम्पन्न गर्न झण्डै एक लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । समाजसेवी बोधबहादुर कार्कीले कार्यक्रमलाई सहयोग पु¥याउन सवैलाई आग्रह गरेका छन्। उनले कार्यक्रमलाई विशेष सहयोग समेतगर्दै आएका छन् ।

कमेन्टहरु
Loading...