Ganthan News Pokhara
All news from Pokhara & around

ट्याक्सी चालकले हृदयघातका बिरामीलाई बाटोमा छाडेपछि

0

काठमाडौं, १५ चैत/ट्याक्सीमा चढेका यात्रुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पु¥याउने ट्याक्सी चालकको कर्तव्य हो । यात्रु विरामी परे परिवारलाई खबर गर्नू, अस्पतालसम्म र्पुयाउने उनकै जिम्मेवारी हुन्छ ।

कतिपय बेला ट्याक्सी चालकले सवारीमा छुटेको लाखौ रुपैयाँ फिर्ता गरेका उदाहरण समाचारमा आउने गरेका छन् । तर, काठमाडौंमा एक ट्याक्सी चालकले यात्रुलाई हृदयघात भएपछि अस्पताल र्पुयाउनु त परको कुरा जबरजस्ती गाडीबाट निकालेर सडकमै छाडेर टाप कसेका छन् ।

उनले मानवीयता समेत भूलेको दृश्य सीसीटीभी फुटेजमा देखिन्छ । त्यसकै आधारमा प्रहरीले बा १ ज ३८५१ नम्बरका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो करिब १२ बजे श्रेष्ठको ट्याक्सीमा गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल रञ्जित चढेका थिए ।

छोरा प्रविणले उनलाई ट्याक्सीमा चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए । तर, ट्याक्सी चढेको २० मिनेटभित्र रञ्जितलाई रोगले च्याप्छ । त्यो देखेका आत्तिएका ट्याक्सी चालकले उनलाई नजिकै रहेको अस्पताल लानुको साटो जबरजस्ती ट्याक्सीबाट निकाल्छन् ।

केहीवेरमा नजिकै रहेको प्रहरी कार्यालयका अधिकारीले उनलाई हेल्पिङ ह्याण्डस् हस्पिटलमा र्पुयाउँछन् । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गर्छन् । त्यसपछि सीसी टीभी फुटेजको आधारमा ट्याक्सी चालकको खोजी गरिएको डीएसपी बोगटी बताउँछन् । ‘हामीले हिजो राति उनलाई पक्राउ गर्न सफल भएका छौं’, उनले भने, ‘हाल अभद्र व्यवहार कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिएको छ ।’

बोगटीका अनुसार उनले बयानमा अत्तालिएर विरामीलाई निकालेको दाबी गरेका छन् । यद्यपि, उनको हर्कतको पछाडि कुनै नियत थियो या थिएन भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ । ‘पोस्टमार्टमका लागि हामीले शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएका छौं’, उनले भने, ‘रिपोर्टले मृत्युको कारण देखाएपछि थप निष्कर्ष निस्किएला ।’

अनलाइन खबरबाट साभार https://www.onlinekhabar.com/2019/03/753907

 

 

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु