बन कर्मचारी नै तस्करीमा

काठमाडौ, वैशाख १३ (सेतोपाटी) /जिल्ला बन कार्यालय नवलपरासीका कर्मचारीकै मिलेमतोमा खयर तस्करी भएको पुष्टि भएको खबर आजको अन्नपूर्णपोष्टमा छ । तस्करीमा संल्ग्न ७ कर्मचारी फरार छन् । खयर तस्करीमा सलग्न भएको पाइएपछि निमित्त जिल्ला बन अधिकृतिसहित सात जनालाई पक्राउ पुर्जी जारी गरि कारबाही प्रक्रिया अघि बढाएको छ ।

जिल्लाको पहाडी गाविस रतपुरमा दुई किसानले लगाएको आवादी जग्गाको खयर काट्ने आदेश लिएर जंगलको खयर काटेको खुलेपछि उनिहरु कारबाहीमा परेका हुन् । कारबाहीप्रक्रिया अगाडि बाढाएपछि ५ जना सहायक बन अधिकृत, एक जना फरेस्टर र एक जना बन रक्षक गरि सातजना कर्मचारी फरार रहेको जिल्ला बन कार्यालयलर् जनाएको छ ।

कारबाहीमा पर्नेमा ठेकेदारलाई खयर काट्न आदेश दिएका तत्कालिन निमित्त जिल्ला बन अधिकृत उपेन्द्र चौधरी, जिल्ला बन कार्यालयका सहायक बन अधिकृत सुरेशप्रसाद गुप्ता, बलराम खकुरेल, विष्णु न्यौपाने, भगवती बगाले र फरेस्टर विष्णु थापा तथा बन रक्षक टंक गोतामे छन् । करिब १० लाख बराबरको खयर बरामद भएपछि कार्बाही प्रकिया अगाडि बढाएको हो । cp.

कमेन्टहरु
Loading...