एमाओवादी नेता रायमाझी थ्रेसहोल्डको पक्षमा

४ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीले थ्रेस होल्ड खारेजका लागि दबाव दिइरहेका बेला माओवादी नेता टोपबहादुर रायमाझीले भने थ्रेसहोल्डको समर्थन गर्नु भएको छ । थ्रेसहोल्डको व्यवस्था नभए दलीय राजनीतिमा दुरगामी नकारात्मक असर पर्ने उहाँको भनाई छ ।

top-bahadur-rayamajhiरिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा शनिबार माओवादी नेता रायमाझीले भन्नुभयो-’थ्रेसहोल्ड चाहिन्छ, नत्रगम्भीर समस्या आउँछ ।’ देशले धान्न नसक्ने गरी सदस्य संख्या बढाउन नहुने भन्दै उहाँले संविधानसभा सदस्य संख्या ४ सय ९१ बनाउने सरकारी प्रस्तावको समेत समर्थन गर्नु भएको छ । एमाओवादीले भने संविधानसभा सदस्य संख्यन ६ सय १ नै बनाउन लविङ गर्दै आएको छ ।

मोहन वैद्य किरण पक्षले चुनाव बहिष्कार गर्ने धम्की दिएकोबारे सोधिएको प्रश्नमा एमाओवादी नेता रायमाझाीले भन्नुभयो-’कसैले बहिष्कार गर्दैमा चुनाव रोकिन्न ।’ राष्ट्रपति डा.रामवरण यादव र वर्तमान सरकारको चुनाव नगराउने नियत हुनसक्ने भन्दै उहाँले त्यसोगरिए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/72196/#sthash.sZ7o28Ls.dpuf

कमेन्टहरु
Loading...