चौथो तनहुँ महोत्सवमा पश्चिमान्चलस्तरीय कविता प्रतियोगिता हुने

पवन पौडेल दमौली, पुष २९ । चौथो तनहुँ महोत्सव तथा दोश्रो पश्चिमान्चल औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा पश्चिमान्चलस्तरीय खुल्ला कविता प्रतियोगिता सन्चालन गरिने भएको छ । दमौलीमा माघ १२ गतेबाट २१ गतेसम्म हुन लागेको महोत्सवका क्रममा माघ १६ गते पश्चिमान्चलभरका साहित्यकारहरुको सहभागितामा आयोजकले प्रतियोगिता गर्न लागेको हो ।

महोत्सवमा सांगितिक कार्यक्रमका साथ साहित्यीक कार्यक्रम समेत गरे सबैको बनाउन खोजिएको आयोजक तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ । प्रतियोगितामा कुनै पनि बिषयका कविता प्रस्तुत गर्न सकिने भन्दै संयोजक आनन्द सुन्दर श्रेष्ठले पश्चिमान्चलभरका कविहरुलाई सहभागिताका लागि आग्रह गरे ।

कविहरुले तनहुँ महोत्सवको सचिवालयमा कविता दिन सक्ने र कविता १ सय ३० शब्दसम्मको हुनुपर्ने प्रतियोगिताका सदस्य संगम सापकोटाले जानकारी दिए । प्रतियोगीले आफ्ना कविता माघ १३ गतेसम्म आयोजकलाई बुझाउनुपर्ने बताइएको छ ।

प्रतियोगिताका विजयीमध्ये प्रथमलाई रु १० हजार,दोश्रोलाई रु ७ हजार,तेश्रोलाई रु ५ हजार र सान्त्वना ३ जनालाई रु २ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...