तालिबानी आक्रमणमा काबुलमा नेपाली मारिए

११ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आक्रमणमा एक नेपाली मारिएका छन् । आक्रमणमा अन्य ६ जनाको पनि ज्यान गएको छ ।तालिबानले गराएको विस्फेटमा मारिने नेपाली सुरक्षा गार्ड भएको बताएपनि थप केही खुलाइएको छैन । आक्रमणमा ३ नेपाली घाइते भएको र उनीहरुमध्ये एकको ज्यान गएको बीबीसीले जनाएको छ ।

nepaliकाठमाडौंस्थित परराष्ट्र मन्त्रालयले भने पुष्टी गरेको छैन । परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले विस्फोटमा नेपाली मारिएको खबर बीबीसीमा आफूले पनि पढेको तर, आफूलाई कुनै आधिकारिक जानकारी नआएको बताउनुभयो । अफगानिस्तानमा नेपाली दूताबास छैन । पाकिस्तानमा रहेको नेपाली दूताबासले नै अफगानिस्तान हेर्दै आएको छ ।

विस्फोटका कारण अन्तराष्ट्रि«य प्रवासन संगठनको गेष्ट हाउस क्षतिग्रस्त भएको छ । तालिबानका प्रवक्ताले समेत गेष्टहाउस उनीहरुको निशानामा रहेको बताएका छन् । विस्फोट निकै शक्तिशाली भएको अधिकारीहरुले बताएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74537/#sthash.PCWvIhnf.dpuf

कमेन्टहरु
Loading...