स्याङ्जा १ को प्रदेशसभा ‘ख’मा एमालेका मीनप्रसाद गुरुङ बिजयी

स्याङ्जा, २६ मंसिर/स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ख बाट एमालेका जिल्ला अध्यक्ष मीनप्रसाद गुरुङ बिजयी भएका छन् ।

गुरुङले २० हजार २ सय ४८ मत पाएर बिजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका तुल्सी गिरीले १४ हजार ५ सय १० मत पाएका छन् ।

स्याङ्जा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा बाहेक दुवै प्रदेशसभाको नतिजा आएको छ । प्रदेशसभाको क बाट माओवादी उम्मेदवार दिपक थापा बिजयी भइसकेका छन् । उनले कांग्रेसका पूर्व सांसद् कमल पंगेनीलाई पराजित गरेका हुन् ।

कमेन्टहरु
Loading...