प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री थापा सँग भारतीय विदेशमन्त्रीको छुट्टा छुट्टै वार्ता

पोखरा, ४ चैत्र । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापासँग छुट्टा छुट्टै भेट गरेकी वार्ता गरेकी छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेशमन्त्री स्तरीय बैंठकमा सहभागि हुन पोखरा आएकी स्वराज र प्रधानमन्त्री ओली विच बुधवार राति भेटवार्ता भएको हो ।

विदेशमन्त्रीहरुको स्वागतमा सांग्रिला भिलेज रिसोर्टमा भएको रात्रीभोजपछि स्वराज र ओलीविच छुट्टै कुराकानी भएको हो । झण्डै २० मिनेटको भेटमा दुई देशविचको सम्बन्ध सुधारका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री ओली र भारतीय विदेश मन्त्री स्वराज अन्य अधिकारीलाई छोडेर एक्का एक्लै कुराकानीमा जुटेका थिए ।

ओलीलाई भेटेलगतै स्वराज र मन्त्री थापा विच भेटवार्ता भएको थियो । बैंठक चलिरहेको होटल पोखरा ग्राण्डमा राति साढे १० बजेदेखि ११ बजेसम्म भेटवार्ता चलेको थियो । यसैविच परराष्ट्र मन्त्री थापाले बुधवार साझनै बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली र अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाईसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।

बैंठकमा चासोका साथ हेरिएको भारत र पाकिस्तान वार्ता बुधवार तय भएको छ । भारतीय विदेशमन्त्री स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज विच विहिवार अपरान्ह भेटवार्ता तय भएको स्रोतले बताएको छ । स्वराज र अजिज बुधवार राति आयोजित रात्रीभोजमा पनि सँगै थिए । पाकिस्तानकन विदेश मन्त्री सँग हुने भनिएको कुराकानी भने नभएको जानकारहरुले बताएका छन् ।

पोखराका जारी सार्क मन्त्रीपरिषद् बैंठक अन्तर्गत ३७ औं विदेश मन्त्री स्तरीय बैंठक बिहीबार हुदैछ । बैंठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

कमेन्टहरु
Loading...