सरकारी जग्गा हड्प्नेलाई प्रहरीले लखेटे

पोखरा, २ भाद्र/ पोखरा १४ मझेरीपाटनमा टहरा बनाइ बस्ती बसाल्न थालेका सुकुम्बासीहरुलाई प्रहरी हटाएको छ । दुई दिन देखि मझेरीपाटनमा सुकुम्बासीहरुले करिब एक सय रोपनीमा उनीहरुले टहरा बनाइ बस्ती बसाल्न थालेका थिए । सरकारी जग्गा हडपेर बसेका उनिहरुलाई प्रशासनले प्रहरी परिचान गरि हटाएको हो ।

त्यस ठाउँमा सुुकुम्बासीहरुले करिब १ सय ५० घर निमार्ण गर्न जग्गाको बाड्फाड् समेत गरेका छन् । प्रहरीले सुकुम्बासीहरुले पाल टागेर बनाएका घर भत्काइ दिएको छ । केही वर्ष अगाडी पनि सुकुम्बासीहरुले त्यस क्षेत्रमा हडप्न प्यास गरेका थिए । तर सुकुम्बासीहरु विच नै कुरा नमिले पछि उनीहरु विच नै विवाद भएको थियो । उनिहरुले अहिले एक परिवारका लागि १५ हात मोडा र ३० पिछाड मिलाइ बाड्फाड गरेका छन् ।

प्रहरीले टहरा भत्काए पनि राता रात घर बनाइ छाड्ने उनीहरुले बताए । पोखरा १ बगर बस्दै आएका सुरेश थापाले प्रहरीले टहरा भत्काए पनि राता रात घर बनाइ छाड्ने बताउदै थापाले आफुहरु नेपाल कै नागरीक भएका कारण सरकारी जग्गामा आफ्नो पनि अधिकार हुने बताए । थापा यो ठाउँमा जग्गा लिनका लागि तेस्रो पटक आएको बताए ।

२०६६ सालमा नेकपा माओवादीले त्यस जग्गामा झण्डा गरेको थियो । सुकुम्बासीहरुलाई नव गठित नेकपा माओवादीको साथ मिलेका पछि सुकुम्बासीहरु टहरा बनाउन आएको सुकुम्बासीहरुले बताए ।

कमेन्टहरु
Loading...