पश्चिमाञ्चलका चार जिल्ला सुरक्षामा सम्बेदन शिल– सुरक्षा बैठक

सागर राज तिमिल्सिना
पोखरा ६ बैशाख/गृहमन्त्रालयले निर्वाचन लागि पश्चिमाञ्चलका चार जिल्लालाई सम्बेदन सिल भएको भन्दै सुरक्षा तयारी थाल्ने भएको छ । पोखरामा भएको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा पश्चिमाञ्चलका चार जिल्ला सुरक्षा दृश्टीले सम्बेदनसिल भएको भन्दै तयारी थाल्ने भएको हो ।

पश्चिमाञ्चलका नवलपरासी, रुपन्दे्रही, कपिलबस्तु र गोर्खालाई सम्बेदनसिलमा राख्दै त्यसै अनुरुप सुरक्षा तयारी गर्न गृहमन्त्रालले निर्देशन दिएको एक सहभागीले जानकारी दिए । पश्चिमाञ्चलका अन्य जिल्ला सामान्य भएको भन्दै पछिल्लो परिस्थिती हेरेर सुरक्षा व्यवस्था मिलानु पर्ने बताएका छन् ।

गोष्ठीपछि पत्रकार सँग कुरा गर्दै गृहमन्त्री विमलेन्द्र निधीले सरकारले बैशाख ३१ गते नै निर्वाचन गर्ने बताए । उनले दुई चरणमा निर्वाचन हुने कुरा राजनीतिक दलहरु विच मात्रै छलफल भएको बताउदै सरकार समक्ष त्यस्तो कुरा नआएको बताए । उनले निर्वाचका लागि सरकार तयार रहेको बताउदै मतदाता र उमेद्वारको सुरक्षाका लागि गृहमन्त्राल तयार रहेको बताए ।

गृहसचिब लोकदर्शन रेग्मीले निर्वाचनका लागि आवश्कय सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । रेग्मीले तुर्टि रहित र विश्वसनिय शुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

निर्वाचन केन्द्रित सुरक्षा रणनीति तय गर्न पोखरामा भएको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीमा गृहसचिव सहित, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक, सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ । गोष्ठीमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरिक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिपराज रेग्मी र नेपाली सेनाका उपरथि विनोद श्रेष्ठको सहभागिता भएको थिए ।

पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, र जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरुपनि सहभागी थिए । गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आ आफ्नो जिल्लाको सुरक्षा अबस्था बारे जानकारी गराएका थिए ।

कमेन्टहरु
Loading...