सनराईज बैंकको शाखा पोखराको बगरमा

पोखरा, १३ फागुन /सनराईज बैंक लिमिटेडले पोखराको बगरमा शाखा विस्तार गरि कारोबार शुरु गरेको छ । शाखाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे ।

उनले बैंकले ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै सेवा र सुविधा दिनुपर्ने बताए । बैंकले यो १ सय ३ औँ शाखा हो ।

बैँकमा ५ लाख सम्मको दुर्घटना बीमा, स्वास्थ्य बैँक तथा दुर्घटना बिमा र ‘सनराईज सुरक्षित घरकर्जा’ तथा अन्य आकर्षक विशेषताहरु छन् । कर्जाको विशेषतामा ऋणीको सावधिक जीवन बिमा, बीमा अवधि समाप्ति पछि एक मुष्ट बोनस भुक्तानी गरिने, ५ लाखदेखि एक करोड रुपैयाँसम्म कर्जा र १० देखि २० वर्षसम्मको कर्जा अवधि लगायतका रहेको बैंकले जनाएको छ ।

सुरक्षित घर कर्जामा बीमा समेत हुने भएकाले यसबाट ऋणीहरुले धेरै फाईदा लिन सकिने सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्रचार्यले बताए ।

कमेन्टहरु
Loading...