आइतबार सार्वजनिक बिदा

काठमाडौं, २४ असोज/संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय भ​एको जनाईएको छ । गृहले आजै सूचना समेत जारी गरेको छ​ ।

सार्वजनिक बिदा

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो ।चिनियाँ राष्ट्रपति सी शनिबार  राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । भ्रमणलाई सफल पार्न सरकारले तयारी तीव्र पारेको छ । दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।

कमेन्टहरु
Loading...