नायिका सुमिनाले भनिन्- टाउको झोलामा, खुट्टा खोलामा !

२१ चैत, काठमाडौं । चलचित्रकी नायिका सुमिना घिमिरेले मंगलबार साँझ अनलाइखबरका रंग पत्रकार विजय आवाजलाई ज्यान मार्ने धम्की दिनुभएको छ । बेलुकी साढे ५ बजे फोन गरेर नायिका घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा पुर्याइदिने’ बताउनुभएको हो ।

मंगलबार अनलाइनखबरमा ‘सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना’ शीर्षकमा नायिका सुमिनाले खेलेका चलचित्र नचलेको र फिल्म घाटामा गएको समाचार प्रकाशित भएको थियो । समाचारमा नायिकाको व्यक्तिगत विषयमा कुनै टिप्पणी नगरी चलचित्रमा उनले सफलता पाउन नकिएको मात्र विश्लेषण गरिएको थियो । तर, उसै विषयलाई लिएर उहाँले पत्रकारलाई फिल्मी डायलगमा धम्की दिनुभएको हो ।

Sumina-Photo-3

फोनमा सुमिनाले मेरो बिरुद्धमा किन समाचार लेखेको, मेरो बारेमा नराम्रो र राम्रो दुबै समाचार नलेख् भन्दै धम्काउनुभएको छ । ‘तेरा बाउले बनाएको सिनेमा हो ? तँ साले प्रोड्युसर होस् ?’- सुमिनाले फोनमा भन्नुभयो ।

यस्तै उहाँले तँ साले खाते, भन्दै पत्रकार आवाजलाई मारेर फालिलिने धम्की दिनुभयो । ‘तँ सालेले मलाई चिनेको रैनछस्, तेरो टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिन्छु ।’- नायिका घिमिरेले भन्नुभयो । करिब ४ मिनेट फोन गरेकी घिमिरेले पत्रकार आवाजलाई असभ्य भाषामा गाली गर्नुभएको अडियो रेकर्ड अनलाइनखबरसँग सुरक्षित छ ।

नेपाली मिडियामा चलचित्रहरु र त्यसमा अभियन गर्ने नायक नायिकाहरुका विषयमा समीक्षा हुनुलाई समान्य मानिन्छ । सुमिनाका बारेमा अनलाइनमा छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्रबारे समीक्षा गरिएकोमा यसैलाई आधार मानेर ‘टाउको झोलामा खुट्टा खोलामा’ नायिकाको धम्कीले उहाँ चलचित्रमा मात्रै असफल हैन, सांस्कृतिक स्तरको हिसाबले पनि कमजोर हुनुहुँदोरहेछ भन्ने देखाएको छ । नायिकाजस्तो संस्कृतिकर्मीले यस्तो तल्लोस्तरको भाषा बोल्ला भनेर सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन ।

कमेन्टहरु
Loading...