व्यवसायिक गीतकार बने सुमन श्रापित

‘जसलाई मुटुको अंश ठानेकी’थें उसैले आज घात ग¥यो

जसलाई संसार आफ्नो मानेकी’थें उसैले आज साथ छोड्यो

सायद मेरो माया बढी भयो त्यसैको उसलाई मात चढ्यो’

गीतकार सुमन श्रापितको रचना, बि.बि अनुरागीको सङ्गीत र मिलन अमात्यको स्वरमा रहेको यो गीत यतिबेला बजारमा निकै चलेको छ । यो गीतको चर्चासँगै गीत लेखनमा गीतकार सुमन श्रापितको माग पनि बढ्दो छ । लोक, आधुनिक तीज गीत, चलचित्रका गीत सवै खाले गीत लेखनमा उत्तिकै माहिर श्रापित पछिल्लो समयमा आधुनिक र चलचित्रका गीत लेखनमा ब्यस्त छन् ।

प्रसिद्ध चलचित्र निर्देशक तुलसी घिमिरेको पछिल्लो चलचित्र ‘दृष्टिकोण’मा उनले ‘काली काली दिलवाली’ बोलका गीत लेखेका छन् जुन यही वैशाख ६ गते अधिराज्यभर प्रदर्शन हँुदैछ । प्रदर्शन हुन बाँकी चलचित्र ‘निशानी’, गोर्खा पल्टन युनिटको निर्माणाधीन चलचित्र र अन्य नामाकरण नभएका चलचित्रहरु पनि गीत लेखेका छन् । उनले आफ्नो गीतको उचित पारिश्रमिक लिने गर्दछन् । गीत लेखेका चलचित्रहरु प्रदर्शनमा आएपछि आफ्नो गीत लेखन छबि अझै उँचो हुनेमा उनी विश्वस्त छन् ।

उनले गीत लेखेका आधुनिक गीति एल्बम सिलसिला, दृष्टि, प्रण, आदि पनि छिट्टै बजारमा आउँदै छन् । उदित नारायण झा, दिपा नारायण झा, अन्जु पन्त, स्वरुपराज आचार्य, अन्जना गुरुङ, अर्जुन सुनाम, बि.बि अनुरागी, रामचन्द्र काफ्ले, जुनु रिजाल, हेमन्त शर्मा, सुनिता दुलाल, माण्डवी त्रिपाठी जस्ता चर्चित गायक गायिको स्वरमा उनका गीतहरु गाइएका छन् ।

जसलाई मुटुको अंश, चलचित्र जी वनलीलाको कहिले ओराली, मेरो धड्कन, तिमी चट्टै माया, बदनाम गरेर, यसपालीको गीत आहा कति रमाइलो, सधैं तीजमा, गीनिज बुकमा नाम लेखम आदि उनका चर्चित गीतहरु हुन् । तित्याङ, बाग्लुङका सुमन श्रापित बिगत १० बर्षदेखि पोखरामा रहेर सांगीतिक क्षेत्रमा क्रियाशील थिए । झण्डै एक बर्ष अघि काठमाडौं छिरेका श्रापित अहिले व्यवसायिक गीतकार बनेका छन् ।

कमेन्टहरु
Loading...