सुख्खा पहिरोमा बेपत्ता भएका पाँचै जना सम्पर्कमा आए

सागर राज तिमिल्सिना
पोखरा, ११ फागुन/म्याग्दीको नारच्याङमा पर्ने अन्नपूर्ण साउथ हिमालमा सुख्खा पहिरो जाँदा सम्पर्कविहीन भएका पाँचैजना गाँउले सम्र्पकमा आएका छन् ।

पहिरो गएको क्षेत्रमा निगालो लिन गएका पाँचजना सम्पर्कबाहिर रहेकोमा खोज्न गएका आफन्तले सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी विश्वराज खड्काले बताए ।

उनका अनुसार नारच्याङ लेकगाउँबाट पहिरो गएको क्षेत्रमा निगालो काट्न गएका नारच्याङ—५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, वडा नम्बर ६ का हुकुम पुन र वडा ४ का टरबहादुर फगामी सम्र्पकविहीन थिए । ‘पाँचैजना गाउँले सकुशल फेला परेका छन् ।

कमेन्टहरु
Loading...