भट्टराईलाई राख्ने कि फाल्ने राष्ट्रपतिको हातमाः कोइराला

२५ माघ, जनकपुर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले देशमा अहिले संवैधानिक सङ्कट चुलिएको भन्दै राष्ट्रपति चुप लागेर बस्न नहुने बताउनुभएको छ ।

जनकपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले भन्नुभयो-’राष्ट्रपति संविधानको संरक्षक र पालक भएकाले संविधान उल्लङ्घनका घटनाप्रति राष्ट्रपति गम्भीर हुनुपर्दछ ।’ संवैधानिक सङ्कट आइरहेको अहिलेको अवस्थामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई राख्ने कि फाल्ने राष्ट्रपतिमा निहित रहेको उहाँको भनाई थियो ।

परिवर्तनको हरेक मोडमा काँग्रेस अहम् भूमिका खेलेको भन्दै सभापति कोइरालाले भन्नुभयो-’अबको परिवर्तनका लागि पनि काँग्रेसले गान्धीको अहिंसात्मक र शान्तिपूर्ण आन्दोलन गर्नेछ ।’

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा सरकार गठन भए संविधानसभाको निर्वाचन तीन महिनाभित्र गर्ने दावी गर्नुभयो । ‘राष्ट्रिय सहमतिबिना संविधानसभाको निर्वाचन सम्भव नहुने भएकाले माओवादीलाई हटाएर नेपाली काँग्रेस सत्तामा जान नै एक मात्र विकल्प हो,” उपसभापति पौडेलले भन्नुभयो-”लोकतन्त्र सुनिश्चित गर्न नेपाली जनताले आन्दोलन गर्नु जरुरी छ ।”  cp. onlinekhabar

कमेन्टहरु
Loading...