चौधौ सडक महोत्सव पौष १३ देखि

पोखरा, २८ मंसिर/ रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाइडमा चौधौ पोखरा सडक महोत्सव हुने भएको छ । पाँच दिने महोत्सवमा रेवान पोखराले चार लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने लक्ष्य राखेको छ ।

अगें्रजी नयाँ वर्षको अवसर पारेर विगत १४ बर्ष देखि रेवानले सडक महोत्सव गर्दै आएको छ । मनोरन्जनात्मक गतिविधिसँगै खेलकुद प्रतियोगिता समेत गरेर महोत्सवलाई भव्य बनाउने योजना रहेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक भिमसेन भुजेलले जानकारी दिए ।

रेबानले चौधौ सडक महोत्सवले सामाजिक क्षेत्रको लागि समेत आर्थिक सहयोग जुटाउने योजना समेत बनाएको छ । महोत्सवको गेट टिकटबाट उठेको रकम केहि रकम सामाजीक संघ संस्थाले सहयोग गर्ने भएको छ । तीन किलोमिटर क्षेत्रमा आयोजित महोत्सवमा झण्डै एक सयभन्दा बढी स्टलहरु राखिने छ । मनोरन्जन गतिविधिको लागि रेवानले बसुन्धरा पार्कमा सम्पूर्ण व्यवस्था मिलाएको छ । पार्कभित्र विभिन्न स्टलहरु राखिने छ ।

महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्ट, पन्चे बाजा, बाम्बो स्टिक, नेवारी नाच, गुरुङ नाच, लाखे नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, पर्यटकको लागि पर्यटक दौड, डुङ्गा दौड, मजदुर दौड र रस्साकस्सी जस्ता खेलकुदको गतिविधिलाई समेटिएको छ । महोत्सवमा ४५ लाख खर्च र ४८ लाख रुपियाँ आम्दानी हुने अनुमान रहेको रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।

कमेन्टहरु
Loading...