सडक महोत्सवमा दर्शको घुइचो बढ्दो

पौष १४,पोखरा/रेवान पोखराले आयोजना गरेको १५ औं सडक महोत्सव अन्तर्गत आइतबार सम्पन्न वेटर रेसमा बेन्जन रेष्टुरेण्टका रबिन्द्र श्रेष्ठले प्रथम स्थान हाँसिल गरेका छन् । त्यस्तै, लेक भ्यू रेष्टुरेण्टका यादवराज शर्मा द्धितिय तथा बेन्जनकै हेमबहादुर राना तृतीय भए । हल्लनेचोकस्थित चिल्लीबार रेष्टुरेण्ट अगाडीदेखि बिल्ली बण्टर रेष्टुरेण्ट सम्मको २ सय मिटर दौड प्रतियोगितामा विभिन्न रेष्टुरण्टमा कार्यरत ३७ जना वेटरहरुले भाग लिएका थिए ।

street festival 2013 (1)प्रतियोगितामा तीनजना महिला टोलि गुरुङ्ग, रमा थापा र युनिका लामाले पनि भाग लिएका थिए । विजयी धावकहरुलाई कोकाकोला कम्पनी र रेवान केन्द्रका पदाधीकारिहरुले एक समारोहका विच नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । विजेताहरुले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । रेवान पोखराका महासचिव लक्ष्मण बरालले कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै, आइतबारनै भएको डुँङ्गा दौड प्रतियोगितामा बाराहीघाटका ए, बि र सी समुह प्रथम, द्धितिय र तृतीय भए ।

उनीहरुले क्रमश नगद ८ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको महोत्सव अन्तर्गतका खेलकुद संयोजक हरि भुजेलले जानकारी दिए । १५ औं सडक महोत्सवका सह–संयोजक भिमसेन भुजेलले उनीहरुलाई पुरस्कार वितरण गरे । महोत्सवको दोश्रो दिन लोकदोहोरीतर्फ मञ्जु महतको प्रस्तुती रहयो भने हाँस्यकलाकारहरुले पनि उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवको मुख्यस्थल बसुन्धरापार्कमा भएको लाईभ म्युनिक कन्सर्टमा उपस्थित युवाहरुलाई मुक्ति एण्ड रिभाइवलले उफारेका थिए । महोत्सवमा दर्शकको चहलपहलपनि बढ्दै गएको छ ।

महोत्सवस्थल बसुन्धार पार्क देखि खहरेचोकसम्म सडकमा निकालिएका रेष्टुरेण्टहरुमा खाने बस्नेहरुको भिड बढ्दो रहेको महोत्सव संयोजक बलराम पहारीले जानकारी दिए । साढे तीनकिलोमिटर क्षेत्रको सडकमा भक्तपुरको धिमे नाच, बर्दियाको छलिया नाँच, लाखे नाँच तथा स्थानिय आमा समुहले भजनचुट्का प्रस्तुत गरेका थिए । महोत्सवमा सोमबार रत्नमन्दिर अगाडी बालबालिकाहरुका लागि क्याण्डल रेस तथा हल्लनेचोकमा रस्साकसि प्रतियोगिता हुने छ भने अन्य राष्ट्रिय तथा स्थानिय कलाकारका लोकदोहोरी तथा अन्य हाँस्यब्यँग्य कार्यक्रम जारी रहेन आयोजक रेवान पोखराले जनाएको छ ।

कमेन्टहरु
Loading...