ग्लोबल कलिजियट उमावि छैटौं हिसान कास्की स्पोर्टस् मिटको च्याम्पियन

पोखरा,माघ/डिफेण्डिङ च्याम्पियन ग्लोबल कलिजियट उमावि पोखरामा सञ्चालित छैटौं हिसान कास्की स्पोर्टस् मिट–२०६९ को च्याम्पियन बन्न सफल भएको छ। टेबलटेनिसतर्फ आठ अड्ढ जोड्दै द्वितीय भएको उसले छात्र भलिबलमा द्वितीय, छात्रा बास्केटबलमा द्वितीय र छात्रा बास्केटबलमा तृतीय हुँदै समग्र प्रतियोगितामा १८ अड्ढ जोड्दै ग्लोबल कलिजियट उमावि यस वर्ष पनि हिसान कास्की स्पोर्टस् मिट च्याम्पियन बन्न सफल भएको हो।

विद्यालयका प्रिन्सिपल बाबुराम पन्त, खेलकुद शिक्षक टहलसिंह थापालगायतलाई हिसान नेपालका सचिव बुद्धि पुडासैनी, उच्च मावि शिक्षा परिषद् क्षेत्रीय कार्यालय पोखराका प्रमुख रमेश अधिकारी, मूल आयोजक समितिका संयोजक सूर्यबहादुर जिसी, हिसान कास्कीका अध्यक्ष रमाकान्त बरालले च्याम्पियन ट्रफी हस्तान्तरण गरेका थिए।

प्रतियोगितामा १४ अड्ढ जोडेको ज्ञानुबाबा उमावि द्वितीय र १३ अड्ढ जोडेको पोखरा उमावि तृतीय भएका छन्।टेबलटेनिसतर्फ नौ अड्ढ जोडेको सृजना उमावि प्रथम, आठ अड्ढ जोडेको ग्लोबल कलिजियट उमावि र पाँच अड्ढ जोडेको सगरमाथा उमावि तृतीय भएका छन्।
बुधबार भएको छात्र भलिबलको फाइनलमा पोखरा उमाविले ग्लोबल कलिजियट उमाविलाई २५–१२, २५–१४ र २५–१७ को सोझो सेटमा पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा माउण्ट अन्नपूर्ण क्याम्पसले लिटिल स्टेप उमाविलाई २५–२०, २५–१९ र २५–१७ को सोझो सेटमै पराजित ग¥यो। मड्डलबार भएको छात्रा भलिबलको फाइनलमा डिफेण्डिङ च्याम्पियन ज्ञानुबाबा उमावि प्रथम, पोखरा उमावि द्वितीय र माउण्ट अन्नपूर्ण उमावि तृतीय भएका थिए।
बुधबार भएको छात्र बास्केटबलको फाइनलमा माउण्ट अन्नपूर्ण क्याम्पसले ग्लोबल किलजियट उमाविलाई ४८–४२ ले पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा एलए उमाविले पोखरा उमाविलाई ३९–२५ ले पराजित ग¥यो। छात्रा बास्केटबलको फाइनलमा ज्ञानुबाबा उमाविले माउट अन्नपूर्ण उमाविलाई १३–१० ले पराजित ग¥यो। तेस्रो स्थानको लागि भएको खेलमा ग्लोबल कलिजियट उमाविले न्याशनल इन्भेन्टिभ उमाविलाई ३३–३ ले पराजित ग¥यो।
प्रतियोगितामा छात्र भलिबलतर्फ पोखरा उमाविका प्रितम मल्ल, छात्रा भलिबलतर्फ ज्ञानुबाबा उमाविका अरुणा शाही, छात्र बास्केटबलतर्फ गलेबल कलिजियट उमाविका बुद्ध पुन, छात्र बास्केटबलतर्फ माउट अन्नपूर्ण उमाविका टीका पाइजा पुन बेस्ट प्लयेर घोषित भए। यस्तै छात्र बास्केटबलतर्फ माउण्ट अन्नपूर्ण क्याम्पसका साजन पुन(२५) र छात्र बास्केटबलतर्फ ज्ञानुबाबा उमाविका अरुणा शाही (११) हाइस्कोरर घोषित भए।

कमेन्टहरु
Loading...