एपेक्स बोर्डिंग छात्रा राष्ट्रिय क्रिकेट च्याम्पीयन

भैरहवा,८ पौष/एपेक्स बोर्डिंग स्कुल रुपन्देहीले तेश्रो अन्तर बिद्यालय वाई वाई छात्रा राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी हात पारेको छ । जबई क्रिकेट प्रतिष्ठान बेलबास(रुपन्देही)मा आईतबार सम्पन्न फाईनलमा झापाको सुर्योदय उच्च माबिलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।जितका लागी पाएको ७४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा एपेक्सले ८ ओभर २ बलमै १ विकेटको नोक्सानीमा जित हासिल गरयो । एपेक्सकी प्रतिक्षा बश्यालले नट आउट २२ र ईन्दु बर्माले नट आउट २१ रन बनाईन् ।बलिंगमा सुर्योदयकी सपना श्रेष्ठले एक विकेट लिईन् । यस अघि टस जितेर ब्याटींग गरेको सुर्योदयले १५ ओभरमा ८ विकेट गुमाउदै ७३ रन बनाएको थियो । जस्मा रोमा थापाले १६,गिता प्रसाईले १२ र सपना श्रेष्ठले १० रन बनाईन् । एपेक्सकी ईन्दु बर्माले २ तथा सोनिया पौडेल,एलिशा केसी र बर्षा रानाले समान १।१ विकेट प्राप्त गरे ।
प्रतियोगितामा एपेक्सकी ईन्दु बर्मा प्लेयर अफ द टुर्नामेन्ट,प्लेयर अफ द म्याच र उत्कृष्ट ब्याट्सउमेन घोषित भई पुरस्कृत भईन भने सुर्योदय उच्च माबि झापाकी संगिता राई उत्कृष्ट बलर भईन् ।
उता पडसरीको कर्मडाडामा तृतिय स्थानका लागी भएको खेलमा डिएभी बोर्डिंग स्कुल सर्लाहीले,बुद्धज्योति बोर्डिंग स्कुल कपिलबस्तुलाई ५ विकेटले पराजित गर्दै तृतिय भएको छ ।
जितका लागी पाएको सामान्य ५१ रनको लक्ष्य पछ्याउने क्रममा डिएभीले १०ओभर ३ बलमा ५ विकेटको क्षेतिमा जित हासिल गरयो । जस्मा मनिशा चौलागाईले सर्बाधिक ११ र ममता चौलागाईले ९ रनको योगदान दिईन् । बलिंगमा बुद्धज्योतीकी साबित्री जिसीले सर्बाधिक ३ तथा प्रिया गैरे र राधा घिमिरेले समान १।१ विकेट पाए । यस अघि टस जितेर ब्याटींग गरेको बुद्धज्योतीले निर्धारीत २० ओभरको खेलमा १५.२ ओभरमा सबै विकेट गुमाई राधा घिमिरेको १३ र प्रिया गैरेको १० रनको मद्धतले ५० रन बनाएको थियो । बुद्धज्योतीलाई सस्तैमा आउट गराउने क्रममा प्लेयर अफ द टुर्नामेन्ट समेत रहेकी डिएभीका पुष्पा अर्यालले ४ ,निर्मला पकवालले २ तथा सुभद्रा अधिकारी,सिता श्रेष्ठ र पुजा घिमिरेले समान १ । १ विकेट लिईन् ।बिजेता ,उप बिजेता र तृतिय स्थान प्राप्त गर्ने बिद्यालयका खेलाडीले जनही ३ हजार,२ हजार र एक हजार नगद पुरस्कार बापत प्राप्त गरे । बिजेता तथा उप बिजेताहरुलाई जबई क्रिकेट प्रतिष्ठानका अध्यक्ष गंगाराम सुनार,क्षेत्रीय क्रिकेट बिकाश समिती क्षेत्र नम्बर ४ का अध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य अनुप थापा,रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्ल,क्षेत्रिय सचिब बसन्त शाही,क्षेत्रिय सदस्य कुलेन्द्र पुन,रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरज प्रताप खाँड ,वाईवाईका प्रतिनिधी पंकज शर्मा लगायतले नगद,ट्रफि ,पदक र प्रमाणपत्र बितरण गरे । नेपाल क्रिकेट संघको आयोजना र क्षेत्रिय क्रिकेट बिकाश संघ क्षेत्र नम्बर ४ भैरहवाको संयोजनमा भएको प्रतियोगितामा देशभरीका १२ जिल्लाको सहभागीता हुने बताईए पनि जम्मा ७ जिल्लाको मात्र सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...