पुलिसले पश्चिमाञ्चललाई हरायो, पश्चिमाञ्चल सेमिफाइनलमा

पोखरा, १ फागुन/धरानमा सन्चालन भएको इजी राइडर्स अन्तराष्ट्रिय आमन्त्रित महिला भलिवलमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चलको टिमलाई ३–० को सोझो सेटमा हराएको छ । नेपाल पुलिसले पश्चिमाञ्चललाई २५–२३, २५–२१ र २५ २० को सोझो सेटमा जितेको हो ।

पुलिस सगँ हारे पनि पश्चिमाञ्चल सेमिफाइनमा प्रबेश गरिसको छ । पश्चिमाञ्चलले पहिलो खेलमा पुर्वाअञ्चललाई हराएको थियो । भोली सेमिफाइनमा पश्चिमाञ्चले न्यु डायमन्ड सगँ खेल्ने छ । त्यसै गरि आजै भएको अर्को खेलमा एपिएफले कुचविहार भारतलाई ३–० को सोझो सेटमा जितेको छ । अर्को खेलमा न्यु डायमन्डले एपिएफलाई ३–२ को सेटमा हराएको छ ।

कमेन्टहरु
Loading...