अमेरिकामा रहेका श्रवणद्धारा वृद्धाआश्रमलाई सोलार वाटर हिटर सहयोग

पोखरा, ८ फागुन/अमेरिकामा बस्दै आएका पोखरा रामबजारका श्रवण श्रेष्ठको आर्थिक सहयोगमा जडित पोखरा बाच्छेवुढुवा स्थित बात्स्यान वृद्धाआश्रममा सोलार वाटर हिटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकामा रहेका श्रवणद्धारा वृद्धाआश्रमलाई सोलार वाटर हिटर सहयोग
अमेरिकामा रहेका श्रवणद्धारा वृद्धाआश्रमलाई सोलार वाटर हिटर सहयोग

संचारिका समुह पश्चिमाञ्चलको संयोजनमा आयोजित कार्यक्रमम श्रवणका मामा भिमसेन श्रेष्ठले आश्रमका अध्यक्ष बोधराज कार्कीलाई औपचारिक रुपमा सोलार वाटर हिटर हस्तान्तरण गर्नु भयो । कार्यक्रममा अतिथि पत्रकार महासंघ कास्किका अध्यक्ष रामकृष्ण ज्ञवालिले विदेशी भुमिमा रहेका एक युवाको नेपालप्रतिको माया र जेष्ठ नागरिक प्रतिको सहयोगी मन निकै प्रसंशा योग्य रहेको बताउनु भयो ।

समाजमा जेष्ठ नागरिकलाइ खुशि बनाउने बढि दायित्व आफ्नै सन्तानलाई हुने हुँदा जिम्मेवारी र कर्तव्यबाट कुनै सन्तान पनि टाढिन नहुने उहाँको भनाइ थियो । वृद्धा आश्रमका अध्यक्ष बोधराज कार्कीले आश्रम परोपकारी मनहुनेहरुको माया ममता र सहयोगले चलिरहेको बताउनु भयो । उहाँले आश्रममा आश्रीत आमा बुबाले परोपकारी मन भएका धेरै सन्तान जन्माइसकेको र उनीहरुको माया ममता र हेरचाहले जीवन व्यतित गरीरहेको बताउँदै ति मध्ये एक सन्तान श्रवणको पनि जन्म भएको बताउनु भयो ।

कार्यक्रममा एम.टि.टि एस भियतनामका नेपाल स्थित कन्ट्रि डाइरेक्टर कुशल थापा, मानव मिलन नारि जागरणका सावित्रि शर्मा, नारी सेवा समितिका अध्यक्ष सिता बराल, लायन्स क्लव अफ पोखरा पिस टाउनका अध्यक्ष सविता बराल, लायन नरेन्द्र श्रेष्ठ लगायतले जेष्ठ नागरिक प्रेरणा र आदर्शका धरोहर भएकाले उनीहरुको सम्मानमा र हेरचाहकालागि हरेक नागरिक जुट्नु पर्ने बताउनु भयो । संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार अमृत सुवेदीले गर्नु भएको थियो ।

कमेन्टहरु
Loading...