एसएलसी उतिर्ण तमु विद्यार्थीलाई सम्मान र प्रशिक्षण

पोखरा, ५ असार/तमु धिं नेपालले २०६९ सालमा एसएलसी उतिर्ण गरेका तमु विद्यार्थीहरुलाई सम्मान एवं उच्च शिक्षा अध्ययनका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । तमु धिं नेपालको प्रांगणमा भएको एसएलसी उतिर्ण तमु विद्यार्थीहरुलाई तमु धिं नेपालका अध्यक्ष कर्म तमु लगायत क्षेत्रीय तमु समाजका अध्यक्षहरुले खादा लगाएर सम्मान गरेका थिए । उच्च शिक्षा अध्ययनका लागि तमु विद्यार्थीलाई उपयुक्त विषय छनौट गर्न सहजता र उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहित गर्न कार्यक्रममा विज्ञान विषयमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक शेरमान तमु, ए लेभलमा कसमस इण्टरनेशनल कलेजका कार्यकारी निर्देशक तेजबहादुरतमु, मेडिकल साइन्स विषयमा गण्डकी मेडिकल कलेजका डा. नारायणसिंह तमु, होटल म्यानेजमेण्टमा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेजका अध्यक्ष अशोक पालिखे, इञ्जिनियरिंगमा पोखरा इञ्जिनियरिंग कलेजका प्रिन्सिपल ईञ्जिनियर लेखबहादुर तमु र व्यवस्थापन विषयमा मेनेजमेण्ट कलेजका रामजी शर्मा, नर्सिंङ विषयमा फिस्टेल नर्सिङ कलेजकी चन्द्रावती तमु, बनविज्ञान विषयमा ज्ञानसिंह तमु र इन्फरमेशन टेक्नोलोजी विषयमा पोखरा इञ्जिनियरिंग कलेजकी सरिता तमुले प्रशिक्षण दिएका थिए ।

कमेन्टहरु
Loading...