संस्कृतका सबै पास

पोखरा, २९ जेठ/ संस्कृत सामुदायिक विद्यालय श्री संस्कृत माध्यामिक विद्यालय बगर (१ भिमकालीपाटन पोखराले वि.सं.२०६९ सालको प्रवेशिका परिक्षामा सतप्रतिशत विद्यार्थीहरु उतीर्ण गराउन सफल भएको छ । परिक्षामा सम्मिलित आठ जना विद्यार्थीहरु मध्ये ७ जना विद्यार्थीले द्धिप्तीय श्रेणी र १ जना विद्यार्थीले तृतिय श्रेणी हाँसिल गरेका छन् ।

आध्यात्मिक तथा भौतिक दुवै पक्ष समायोजन गर्दै शैक्षिक गुणस्तर र नैतिकताको भावना जागृत गराउने उद्देश्यका शाथ पठन पाठन कार्य सम्पादन रहदै आएको यस विद्यालयमा विपन्न तथा सिमान्तकृत पृष्ठभुमिका विद्यार्थिकाहरुको बाहुल्यता रहि आएको छ ।

संस्कृत शिक्षाप्रपतको पटक(पटक देखापर्ने अनुद्धार व्यवहार र सारेकारवालाहरुको उपेक्षा लगायतका आरोह अवरोहहरु पार गर्दे आएको यस विद्यालयको थप शैक्षिक सुधारका लागि शिक्षक अभिभावक तथा विद्यार्थी सर्वपक्षिय जागरुकता को आवश्यकता रहेको विद्यालयका प्रधानाध्यापक दामोदर वास्तोलाले बताए ।

 

कमेन्टहरु
Loading...