एसएलसीको उतीर्णदर घट्यो, जम्मा ४१.५७ प्रतिशत उतीर्ण

२८ जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०६९ सालको एसएलसीको नतिजा मंगलबार सार्वजनिक गरेको छ । यसवर्ष पोहोरको भन्दा उतीर्णदर घटेको छ । पोहोर ४७ दशमलव १६ प्रतिशत विद्यार्थी उतीर्ण भएकोमा यसवर्ष ४१ दशमलव ५७ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमित तर्फ ४ लाख ३ हजार ९ सय ३६ मध्ये १ लाख ६७ हजार ९ सय ३५ जना पास भएका छन् ।slc-press

यसमध्ये विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, द्वितीय श्रेणीमा ६९ हजार ८ सय ३० र तृतीय श्रेणीमा ५ हजार १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै एक्जाम्पटेडतर्फ १लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ जना पास भएका छन् । एक्जाम्पटेडमा बिशिष्ट श्रेणीमा कोहीपनि उतीर्ण भएका छैनन् । प्रथम श्रेणीमा एकसय १७, द्वितीय श्रेणीमा ५ हजार ८ सय ४८ र तृतीय श्रेणीमा २ हजार ३ सय ५३ जना पास भएका छन् ।

परीक्षाको नतिजा  परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.soce.gov.np , शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np , र नेपाल टेलिकमको www.slc.ntc.np हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ । यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैबीच एसएलसीमा दुई विषयमा अनुतीर्ण हुने परीक्षार्थीको लागि साउन २० देखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/80769/#sthash.37pBYo9v.dpuf

कमेन्टहरु
Loading...