डि र ई ग्रेडका सबैले थप अध्ययन गर्न नपाउने

काठमाडौं, १० असार /एसएलसीमा सहभागी सबैले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रायको निर्णय गरेको छ। तर, सबैले सिपमुलक तालिममा समेत अवसर नपाउने भएका छन्।

दुई विषयमा डि र ई ग्रेड आउने सबैका लागि प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) मा क्षमता नभएको खबर आजको नयाँ पत्रिकामा भवानीश्वर गौतम खबर लेखेका छन्। सिटिइभिटीका सदस्य सचिव डा रामहरी लामिछानेका अनुसार टि एसएलसी र डिपेलोमा तहको कार्यक्रमका लागि ४५ हजारको क्षमता छ।

तर २०७२ सालको एसएलसीमा एउटै विषयमा झण्डै साढे एक लाख विद्यार्थीको ई ग्रेड आएको छ। कक्षा ११ मा मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययन गर्न न्यूनतम जिपिए १दशमलव ६ र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था छ । डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषय अध्ययन गर्न न्यूनतम जिपिए १ दशमलव ६ र अंग्रेजीमा न्यूनतम सी प्लस ल्याउनुपर्छ ।

तर, अंग्रेजीमा मात्र डी र ई ग्रेड आउनेको संख्या डेढ लाखभन्दा धेरै छ । अंग्रेजीमा मात्र डी ग्रेड आउने ८६ हजार ६० र ई ग्रेडमा ७१ हजार एक सय २४ जना छन् । सिटिइभिटीका सूचना अधिकारी मनोज न्यौपानेका अनुसार करिब २६ हजारको हारहारीमा मात्र टिएसएलसीमा पढाउन सक्ने क्षमता छ । यसअघि सिटिइभिटीले एसएलसी उत्तीर्ण भएका र अनुत्तीर्ण भएका विद्यार्थीका लागि छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यस वर्षदेखि एउटै कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कमेन्टहरु
Loading...