एसएलसीको नतिजा सार्वजकि गर्न बोडै बैठक सकियो, नतिजा छिटै

पोखरा, २ असार /एसएलसीको परिक्षाफल गर्न बोर्ड बैठक सकिएको छ । प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा आज सार्वजनिक गर्न बैठकले पास गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन । विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ । २०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

कमेन्टहरु
Loading...