बिगत एल्बम लिएर आउदै गीतकार शिव शर्मा चञ्चल

पत्रकार तथा गीतकार शिव शर्मा चञ्चल द्धारा रचना गरिएका गीतहरुको संगालो एल्बम  बिगत बजारमा आउन लागेको छ । चर्चित राष्ट्रिय गायक गायिकाको स्वर  र संगीतमा सजिएका गीतहरुलाई काठमान्डौ स्थित विकल्प क्रियसनले बजारमा ल्याउन लागेको हो । एल्बममा स्वरुपराज आचार्य, राजेशपायल राई,  सुगम पोखरेल, दिपक लिम्बु, हेमन्त शर्मा रेश्मा सुनुवार, मिङ्मा शेर्पा जस्ता गायक गायिकाहरुको स्वर रहेको छ । एल्बममा चौतारीमा,  तिम्रो छाती, अलि वर, जुन छैन, आजैबाट, पानीले नि, मरे मरे  बोलका गीतहरु रहेका छन् ।  गीतमा सत्य स्वरुप,  सुरेश अधिकारी, बसन्त सापकोटा, धर्मेन्द्र सेवान तथा बिजु बज्रको स्वर रहेका छन् । गीतहरु काठमान्डौका भर्जिन भ्वाईस,  गुञ्जन, प्राज्ञ तथा बज्र क्रियसनमा रेकर्डिङ गरिएका हुन ।  गीतहरु मध्ये स्वरुपराज आचार्यको चौतारीमा तथा राजेश पायल राईको आजैबाट बोलको गीतको म्युजिक भिडियो समेत निर्माण भईसकेका छन् ।

जुन गीतहरुको निर्देशन नेत्र गुरुङले गरेका हुन ।  यस अघि विभिन्न गीतहरुमा मोडलिङ समेत उनले गरेका छन् । यस अघि विरहका प्रलापहरु नामक गीत संग्रहका पुस्तक निकालिसकेका पत्रकार शर्माको यो दोस्रो कृति हो  ।  बिगत एल्बममा समावेश गीतहरु विरहका प्रलाप नामक पुस्तकका गीतहरु हुन । उनका फुटकर रुपमा  झण्डै एक दर्जन गीतहरु विभिन्न गायक गायिकाले गाइसकेका छन् । चलचित्रमा समेत  उनले गीत लेखेका छन् ।

कमेन्टहरु
Loading...