नेपालका १९ इन्टरनेसनल स्कुल अवार्ड विजेतामा पोखराको सृजना पनि(ISA)

श्याम राना
पोखरा, १८ असार /इन्टरनेशनल स्कुल अवार्ड (ISA) ०१७/१८ विजयी नेपालका १९ विद्यालयमध्ये पोखराको सृजना आवासीय माध्यमिक विद्यालय पनि पर्न सफल भएको छ । कलेक्टिङ क्लास रुम परियोजना अन्तर्गत ब्रिटिश काउन्सिलले विगत ६ वर्ष देखि अवार्ड प्रदान गर्दै आएको छ ।

सोमबार अवार्डको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य डोलराज पाण्डेले सबै स्टाफको मेहेनतले गर्दा अर्वाड हात पार्न सफल भएको बताए । उनले भने, ‘अवार्ड छनौटका लागि गर्नु पर्ने विभिन्न प्रोजेक्टमा सबै स्टाफले उत्तीकै मेहेनत गर्नु भएको छ ।’

उनले अन्र्तराष्ट्रिय स्तरको सिकाई आत्मसात् गरी विद्यार्थी तथा शिक्षकलाई आधुनिक शिक्षण सिकाई प्रक्रियामा सामेल गराई सीप विकासमा महत्वपूर्ण भुमिका खेलेका विद्यालयले पाएको बताए । ब्रिटिश काउन्सिल, शिक्षा विभाग र पाठयक्रम विकास केन्द्रका प्रतिनिधिको समुहले अवार्डमा सहभागी स्कुलहरुले पेश गरेको अभिलेख, विवरणको मुल्याङ्कन गरी वालवालिकाको सिकाइ उपलब्धी अनुगमन गरी प्राप्त उपलब्धीका आधारमा अवार्ड प्रदान गरेको उनले जानकारी दिए ।

विद्यार्थीले कति कुरा जाने र बुझे त्यो महत्वपूर्ण भएको उनले सुनाए । उनले भने, ‘अबको ३ वर्ष पछि अवार्ड हात पार्नको लागि मात्र हैन कि हरेक वर्ष विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेका छौ, विद्यार्थीले के जाने र के सिके भन्ने अनुभूति गर्न सिक्ने छन् ।’ ब्रिटिश काउन्सिलले ग्लोबल सिटिजन मात्र होइन विश्वकै नागरिक बनाउन चाहेको छ उनले सुनाए ।

परियोजना सम्पन्न गर्न खटिएका संयोजक÷विद्यालयका १४ शिक्षक÷शिक्षिकालाई बधाई तथा प्रमाण पत्र प्रदान गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अवार्ड प्राप्त गर्दा विद्यालयलाई मात्र हैन सम्पूर्ण कस्केलीलाई गर्व महसुुस भएको बताए । उनले भने, ‘विद्यालयले गुणस्तरीय शिक्षाका लागि प्रतिस्पर्धा गरेर मात्र हुँदैन त्यसका लागि नयाँ ÷नयाँ प्रविधी प्रयोग गर्ने र विद्यार्थीलाई सहभागि पनि गराउनु पर्छ ।’ परियोजनामा उल्लेख गरिएका अभिलेखहरु तयार पार्नु चानचुन कुरा होइन । उनले भने, ‘रहरले मात्र हुँदैन मेहेनत चाहिन्छ । हामी सितिमिति गर्दैनौ हामीलाई छिटो सक्न हतार हुन्छ ।’ त्यसै गरि पोखरा महानगर पालिका हेम्जामा रहेको अम्बिका सेकेन्डरी स्कुलले पनि अवार्ड भएको छ ।

के हो इन्टरनेशनल स्कुल अवार्ड ?

इन्टरनेशनल स्कुल अवार्डमा सहभागिता जनाउने स्कुलहरूलाई प्रदान गरिने वार्षिक अवार्ड नै इन्टरनेशनल स्कुल अवार्ड हो । हरेक वर्ष यस अवार्डमा सहभागी हुन इच्छुक स्कुलहरूबाट आवेदन आह्वान गरी प्राप्त आवेदनका आधारमा स्कुल छनौट गर्दछ । ती स्कुलहरूको अन्तर्राष्ट्रिय कार्यको अभिलेख राख्न एवं मूल्यांकन गर्न र यसलाई उनीहरूको पाठ्यक्रममा समावेश गर्न ब्रिटिश काउन्सिलले इन्टरनेशनल स्कुल अवार्डलाई विद्यालयहरूका लागि एक प्रमाणीकरण ढाँचाका रूपमा प्रस्ताव गरेको हुन्छ ।

इन्टरनेशनल स्कुल अवार्डले एक मापदण्डका रूपमा कार्य गर्छ । यसअन्तर्गत स्कुलहरूले बालबालिकामा विश्व नागरिक भावनाको विकास गराउनुपर्ने तथा शिक्षण र सिकाइलाई समृद्ध बनाउनुपर्ने सर्त राखिएको हुन्छ ।

विद्यालय विकासका लागि इन्टरनेशनल स्कुल अवार्डको पहुँच समग्र रूपमा हुने र पाठ्यक्रममा आधारित प्रोजेक्ट कार्य तरिका अनुकरण गरी विद्यार्थीमाझ यसको प्रयोग गर्न शिक्षकहरूलाई प्रोत्साहित गर्ने ब्रिटिश काउन्सिलको दाबी छ । यसले नेतृत्वलाई समूह निर्माण, नवीन प्रस्तुति र प्रोजेक्ट व्यवस्थापनमा प्रोत्साहित गर्छ । इन्टरनेशनल स्कुल अवार्डमा सामग्री छनौटको स्वतन्त्रता हुने र विद्यालयलाई आफ्नो पाठ्यक्रममै यसलाई सामेल गर्न प्रोत्साहित गरिने काउन्सिलको भनाइ छ।

इन्टरनेशनल स्कुल अवार्डले सूचना तथा सञ्चार प्रविधि र शिक्षण विधिमा सुरक्षित र व्यवस्थित तरिकाले नयाँ सीपको अभ्यास गर्ने अवसर उपलब्ध गराउँछ । ब्रिफिङ, कार्याशाला, अनलाइन समुदाय र अवार्ड समारोहमा हुने सहभागिताले देशभरका स्कुललाई एकसाथ उभ्याउने र यसले विचारहरूको वृहत आदानप्रदानलाई प्रोत्साहित गर्ने काउन्सिलको दाबी छ ।

कमेन्टहरु
Loading...