सहारा एकेडेमीका बाल चचहु फन पार्कमा

पोखरा, १२ साउन/पोखरा –१७ दोविल्लामा आफ्नै भवनमा हालै संचालनमा आएको सहारा एकेडेमिमा एक जना वालक थपिएका छन । लेखनाथ पट्नेरीका ९ बर्षीय सन्दिप क्षत्री एकेडेमिमा थपिएको क्लवले जनाएको छ ।
SUD_4086२०६७ सालमा आफ्ना बाबु गुमाएका क्षत्री कक्षा ५ मा अध्ययरत छन । उनको आर्थिक अबस्था कमजोर भएका कारण क्षत्री छनौट भएको वालक छनौट समितिका संयोजक एवम क्लवका बरिष्ठ उपाध्यक्ष विरभद्र आचार्यले बताए । पोखरा १०, इन्द्रचोकका सुमन गुरुङले ५ हजार १ सय र अन्नपुर्ण टोल पोखरा ७ का कुमार गुरुङले ५ हजार १ सय सहारा एकेडेमिमा सहयोग गरेको क्लबका अध्यक्ष विक्रम थकालीले बताए ।
पोखरा १७ दोविल्लामा बिभिन्न व्यतिm तथा संघ संस्थाहरुको सहयोगबाट करीब २ करोडको लागतमा हालै निमार्ण भएको सहारा एकेडेमिमा ३० जना वालकहरुको क्षेमताको भवन निमार्ण भएको छ ।
क्लबले एकेडेमिका वालकहरुलाई मनोरन्जन दिने उद्धेश्यले चच हुई फनपार्कमा समेत अवलोकन गराको छ । कठिन परिस्थिती एवम विपन्न बर्गका वालकहरुलाई एकेडेमिमा क्लबले अझै १६ जना वालकहरुलाई राख्न सकिने क्लबले जनाएको छ । यसै विच भाद्र ९ गते सहारा एकेडेमिको सहयोगार्थ हङ्गकङ्गमा हङ्गकङ्ग सहारा साँझ २०१३ हुने भएको छ ।
दोविल्ला पोखरा मा करिव २६ रोपनी जग्गा खरिद गरि एकेडेमीको लागि आवश्य पुर्वधारहरुको निमार्ण भई सकेको क्लबले जनाएको छ । २०७० साल देखी दोश्रो चरणको एकेडेमी सञ्चालन गर्नको लागि नेपाल भरिबाट करिब ३० जना बालकहरु छनौट गर्ने कार्यक्रम रहेको छ । छनौटमा परेका वालकहरुमध्य ८ जनाले बाबु तथा आमा गुमाएका छन । ८ देखि १० बर्ष मुनिका ३ देखि ५ कक्षामा अध्ययनरत बालकहरुलाई शिशुकल्याण निम्न माध्यमिक विद्यालय, खल्ल्याङ, भरतपोखरी–४ मा निःशुल्क अध्यापनको व्यवस्था मिलाएको संयोजक आचार्यले बताए । अन्य वालकहरुलाई छनौट गर्ने क्रम जारी रहेको छ आचार्यले बताए ।

कमेन्टहरु
Loading...