शम्भु उप्रेतीको बिदाइ

पोखरा, २७ असार/सशस्त्र प्रहरी गण मालेपाटन पोखराका प्रमुख प्रहरी उपरीक्षक शम्भु उप्रेतीलाई कालीका गण, पोखराले एक समारोहका बीच आज विदाइ कार्यक्रम सम्पन्न गरेको छ । विगत २१ महिनादेखि कालिका गणमा कार्यरत रहेकोमा उनको हालै सशस्त्रकै बर्दघाट तालिम केन्द्रमा सरुवा भएको छ ।

विदाइ समारोहमा एसपी उप्रेतीले आफूले जहाँ गए पनि पोखरालाई नबिर्सने बताए । पोखरा बसाइँ आफ्नो लागि सुखद र अविष्मरणीय रहेको उनको भनाइ थियो । उहाँको बिदाइमा पत्रकार नागरिक समाज, राजनीतिक दल पोखरा बसाइँका क्रममा आफूले गरेको सामाजिक कार्यहरुको चर्चा गर्दै उनले मानिसमा केही न केही सामाजिक सेवाको भाव हुनुपर्नेमा जोड दिए ।

उप्रेतीले फेवातालमा रेस्क्यू टावर, गणभित्र स्पोर्टस् कम्प्लेक्स, विपत व्यवस्थापनका लागि उद्दार सामग्री कक्ष निर्माण गर्नुका साथै विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै अतुलनीय सहयोग पु¥याएको भन्दै पोखरेलीले उनको प्रशंसा गरेका छन् ।

 

कमेन्टहरु
Loading...