केन्याको डान्सबारबाट १२ नेपाली युवती पक्राउ

काठमाडौं, २ बैशाख /केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवतीलाई प्रहरी पक्राउ गरेको छ । नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी पक्राउ गरेको हो ।

प्रहरीले डान्सबारका मालिक आसिफ जेथालाई पनि पक्राउ गरेको छ । स्थानीय प्रहरी अधिकारीले मानव तस्करीको आशंकामा जेथामाथि अनुसन्धान गरिरहेको छ ।

उनीहरुलाई कसरी केन्या पुर्याइयो भन्ने खुल्न सकेको छैन । अफ्रिकी मुलुक केन्याले यौन व्यवसायका लागि मानव तस्करीमा कडाई गर्दै आएको छ ।

कमेन्टहरु
Loading...