एसइईको नतिजा बिहीबार (आज) आउने, यसरी हेर्ने नतिजा

फाइल तस्बिर
भक्तपुर, १२ असार /परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईई अर्थात् माध्यमिक शिक्षा परीक्षाको नतिजा (आज) बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

२०७५ साल चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

कार्यालयले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज बिहीबार परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो ।

आज बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको र प्राविधिक समस्या नआए आज नै नतिजा सार्वजनिक हुने जनाएको छ । परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

एसईईको नतिजा १६०० मा एसएमएस र फोन गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ ।
यस्तै http://see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ ।

कमेन्टहरु
Loading...