एसइईको पूरक परीक्षा साउनमा (तालिका सहित)

काठमाडौं, १८ असार /राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा साउन २६ र २७ गते गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सी भन्दा तल आउने तथा अनुउपस्थित हुनेलाई मौका परीक्षाको लागि तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ ।

सो ग्रेड वृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जिल्ला सदरमुकाममा मात्रै सञ्चालन गरिने बोर्डले जनाएको छ ।

परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्ने जनाएको छ ।

एसइईको पूरक परीक्षा साउनमा
एसइईको पूरक परीक्षा साउनमा
कमेन्टहरु
Loading...