एसइइ (SEE) पछि कुन विषय पढ्न कति जीपीए (GPA) चाहिन्छ ?

काठमाडौं, १० असार
–विज्ञान समूह अध्ययन गर्न २.० जीपीए (GPA) साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने ।
–व्यवस्थापन समूह अध्ययन गर्न १.६ (GPA) जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने ।

–मानविकी, शिक्षा समूह पढ्न १.६ (GPA) जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक
–प्रविधिको स्वास्थ्यका लागि २.० (GPA) जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस ।
–इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी प्लस  ल्याउनु पर्ने ।
–कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने ।

कमेन्टहरु
Loading...