एसईई परीक्षा नलिने सरकारको निर्णय

काठमाडौं, २९ जेठ / कोरोनाका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने विकल्प दिएको थियो ।

तर तत्काल सार्वजनिक विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा सम्भव छैन । अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर पठाउनेछन् र, त्यसकै आधारमा परीक्षा वोर्डले ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक गर्नेछ ।

एसइई परीक्षा गत चैत ६ गते हुने तय भएको थियो । तर अन्तिम समयमा चैत ५ गते साँझ कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिकले स्थगित गर्ने निर्णय गरेको थियो ।

कमेन्टहरु
Loading...