बेलायतबाट गोखराको विद्यालयलाई दश लाख

पोखरा, २९ चैत /गोरखा नवलपुर हर्मी ६ स्थित महेन्द्र लिला उच्च मावी पूर्ननिर्माणका लागि बेलाएतमा रहेकाहरुले दश लाख रुपैंया सहयोग प्रदान गरेका छन । गत वैशाख १२ गतेको भुकम्ले पूर्ण क्षती भएको विद्यालय पुर्ननिर्माणमा सूर्ये गुरुङ एक्लैले ६ लाख ३० हजार रकम सहयोग गरेका छन ।

बेलायतबाट गोखराको विद्यालयलाई दश लाख
बेलायतबाट गोखराको विद्यालयलाई दश लाख

पोखरा स्थायी वासी सुर्ये गुरुङ यति वेलायतमा रहेर आफ्नो पेशामा लगाएत सामाजिक कृयाकलापमा सकृय छन । उनी एनआरएनए बेलाएतका पूर्व अध्यक्ष समेत हुन । सो रकम उनले आफुनी ७२ वर्षिय आमा शिर कुमारी मार्फत विद्यालयलाई हस्तान्तरण गरेका हुन ।

त्यसैगरि हाल बेलाएतमा रहेर सो विद्यालयमा अध्ययन गरेका विद्यालयका पूर्व विद्यार्थी गणेश गुरुङले विद्यालय पूर्ननिर्माणकालागि थप ४ लाख रुपैयाँ प्रदान गरेका छन । उनले च्यारिटी मार्फत विद्यालय पूर्ननिर्माणका लागि रकम संकलन गरको वताए । त्यसै गरि, पोखरा वगर निवासी कमल गुरुङ, गोरखा हर्मी निवासी सिता ढकाल, खेमन गुरुङ, खुसीमान गुरुङ, तमु समाज युके, विष्णु तामाङ, विनिता गर्वुजा पुन म्याग्दी, मुछेत्र गुरुङ हाल युके लगाएतले विद्यालय पूर्ननिर्माणमा सहयोग पुर्याएका छन ।

रकम हस्तान्तरण कार्यक्रमलाई नेपाल ओलोम्पिक कमीटीका सदस्य तथा कसमस गु्रपका अध्यक्ष तेज गुरुङ, दिपेश पुन, विद्यालयका पूर्व विद्यार्थी गणेश गुरुङ, नविन सापकोटा, सिता ढकाल विविद्यालयका प्रचार्य कृष्ण न्यौपाने विद्यालय व्यवस्थापन समितीकी अध्यक्ष लक्ष्मी बस्नेत लगाएतले बोलेका थिए । गत बैशाख १२ गतेको भुकम्ले विद्यालयका १७ वटा कोठाहरु पूर्ण रुपमा क्षती भएका थिए ।

कमेन्टहरु
Loading...