आज सत विज छर्ने दिन, पन्चासेमा भक्जनको भिड्

पोखरा, २७ मंसिर/ हिन्दू सनातन धर्मावलम्बीहरूले आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छरी आज बालाचतुर्दशी पर्व मनाइँदै छ । सप्तबीज काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर, नेपालथोकको कुशेश्वर मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर, कास्की पर्वत र स्याङजाको संगम स्थल पन्चासे लगायत देशभरका शिव मन्दिरमा छरिने गरिन्छ । आफ्ना पितृहरुको उद्धारका लागि भन्दै शिवालय मन्दिरहरुमा भक्तजनहरु धान, मकै, जौ, फलफुल लगायत विज छर्ने चलन अनुसार विहानैदेखि घुईचो लागेका हो ।

प्रत्येक वर्ष मङ्सिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन बालाचतुर्दशी पर्व मनाइने गरिन्छ । नेपालमा सबै जातजातिका मानिसले मनाउने एक विशेष पर्वको रूपमा पनि लिने गरिएको छ । आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा सतबीउ छर्ने गरिन्छ ।

त्यसै गरि कास्कीका शिव मन्द्रिरहरुमा सतविज छर्ने भक्तजनहरुको भिड् लागेको छ । पन्चासेमा देशभरबाट आएका भक्तजनहरु सत विज छरेका छन् । पन्चासेमा सत विज छर्नका लागि अघिल्लो दिनै भञ्जङ्ग, पन्चासे, भदौरे लगाएतका ठाउँमा बासँ बसेका थिए । विहान पानी परेका कारण पञ्चासेमा जाडो बढेको त्यहाँ पुगेका पत्रकार दुर्गा पौडेलले जानकारी दिए । त्यसै गरि कास्कीको ठुलाखेतमा रहेको माझुमको सिद्ध बराह मन्दिर, भलाम, आर्वा, गुप्तेश्वर गुफा लगाएका ठाउँमा रहेका शिव मन्दिरहरुमा पनि भक्तजनहरु सत विज छर्न पुगेका छन् ।

त्यसै गरि पर्वतको सदरमुकाम कुश्माबजार स्थित गुप्तेश्वर गुफा र कटुवाचौपारी गाविसका रहेको अलपेश्वर गुफामा विशेष मेला लागेको पर्वतबाट सहकर्मी लक्ष्मि प्रसाद सापकोटाले जानकारी दिएका छन् । मेला भर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की लगायतका जिल्लावाट हजारौको संख्यामा दर्शनार्थीहरुको भिड लागेको सापकोटाले जानकारी दिए । कुश्माबजारमा भजन, कृतन र बाजागाजा सहितको ¥याली समेत निकालिएको थियो ।

कमेन्टहरु
Loading...