श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ

झापा, २१ साउन /झापा प्रहरीले श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ गरेको छ । बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरिएको हो ।

श्रीमतीले दिएको जाहेरीमा श्रीमान्ले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १० १२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जाहेरीमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडले पक्राउ परेका श्रीमान्लाई वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...